arrow

१२ देखि १७ वर्षका बालबालिकालाई ५७ जिल्लामा पुस १४ गतेसम्म खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ६ मंगलबार
moderna.jpg

काठमाडौं । देशभरका विभिन्न ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप अभियान जारी रहेको छ । पुस ४ गतेदेखि सुरु भएको पहिलो मात्रा लगाउने खोप अभियान १४ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२०६१ मंसिरदेखि २०६६मंसिरसम्म जन्म भएका बालबालिकाले नजिकको स्वास्थ्य केन्द्रमा गएर यो खोप लगाउन सक्ने छन् । खोपको दोस्रो मात्रा बालबालिकाहरुलाई माघ २ गतेदेखि १२ गतेसम्म लगाइने समेत मन्त्रालयले जनाएको छ।

यस्तै ३ वटा प्रदेशका ८ वटा जिल्लामा पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान सुरू हुने भएको छ । बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन गरी ६ जिल्ला र सुदूरपश्चिमको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी रहेको मन्त्रालयले जनाएको छ ।

थप १२ जिल्लामा दोस्रो चरणमा फाइजर खोप अभियान सुरु हुने मन्त्रालयले जनाएको छ । प्रदेश–१ को झापा, मोरङ र सुनसरी, २ को सप्तरी, धनुषा र पर्सा, गण्डकी प्रदेशको कास्की र  बाग्लुङ, लुम्बिनी प्रदेशको रूपन्देही वाग्लुङ, दाङ र सुदूरपश्चिमको कैलाली गरी १२ वटा जिल्लामा दोस्रो चरणमा फाइजर खोप अभियान चल्ने भएको हो ।

हाल सञ्चालनमा रहेका खाेपहरू पूर्ण सुरक्षित भएका कारण निर्धक भएर लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

हालसम्म नेपालमा ९७ लाख ३७ हजार ३ सय ३३ जनाले पूर्ण खोप लगाइसकेका छन् भने कुल २ करोड १९ लाख ८८ हजार ५ सय १६ मात्रा खोप लागिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ