arrow

नेपालमा सिँचाइ गरेपछि मात्र भारतलाई पानी : ओली

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७८ पुष ६ मंगलबार
pm-kp-oli3.jpg

कपिलवस्तु । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सिँचाइको अभावमा खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । नेपालका जग्गा जमिन सिचाई भएपछि मात्र भारतलाई पानी दिने र सबैले पानीको सदुपयोग गर्नुपर्ने बताए ।

नेकपा एमाले कपिलवस्तुले बहादुरगजंमा राखेको पार्टी प्रवेश तथा आम सभामा ओलीले यस्तो बताएका हुन् । ओलीले भने ’यता नेपाल तर्फ जमिन बाझो छ उता भारत तर्फ सिचाई गरेर खेती भइरहेको छ यो कदापि हुँदैन’ साथै ओलीले “कपिलवस्तुमा कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, “ उनले भने । 

नौमुरेको पानी कपिलवस्तु आएपछि कपिलवस्तु जिल्लामा सिचाई भई उत्पादन हुने र भारत तर्फ पनि सिचाइको लागि पानी जान सक्ने बताए । नेकपा एमालेले बेसहारा, अभिभावक विहीनको पार्टीी भएको उनले बताए । । एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको बताए । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताए । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको बताए । ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको व्यवस्था गरेको बताए । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताए । आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम विनियोजन तथा सडक पुर्वाधारको लागि रकम विनियोजन स्मरण गरे ।  जनता आवास कार्यलाई निरन्तरता दिई फुसको छानो मुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गरे । एमालेमा प्रवेश गरेका नेता मङ्गल प्रसाद गुप्तालाई स्वागत गरे । 

नेकपा एमाले गरिब दुखीको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको अध्यक्ष ओलीले बताए । ओलीले भने म ७० वर्षको भए १८ घण्टा काम गर्छु । तपाईँहरू पनि काम गर्नु अनि मात्र पार्टी अघि बढ्छ । 

नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल हामी जनताबाट नडराएको बताए । उनले भने “हामी चुनाव चाहन्छौ“ देउवा सरकार चुनावबाट डराएको छ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको बताए । कपिलवस्तुको बहादुरगंज नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले अब कपिलवस्तुमा विकासको लहर चल्ने बताए । 

कपिलवस्तु–जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एमालेमा प्रवेश गरेका छन् । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको मगंल प्रसाद गुप्ताले बताए । नेकपा एमाले जिल्ला कार्य समिति कपिलवस्तुको आयोजना बहादुरगंजमा भएको आमसभा कार्यक्रममा एमाले प्रवेश गरेपछि अब क्षेत्रलाई एमालेमय बनाउने बताए । 

बहादुरगंजको आमसभालाई सम्बोधन गर्दै यो क्षेत्रको विकास गति आफू एमालेमा प्रवेश गरेको गुप्ताले बताए । विभिन्न पार्टी परित्याग गरि करिब ६ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ