arrow

अवरोधका बीच संघीय प्रहरी सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
nepal-police12.jpg

काठमाडौं । एमाले सांसदहरुको अवरोधका बीच प्रतिनिधिसभाको बुधबारको बैठकबाट संघीय प्रहरीसम्बन्धी अध्यादेश बहुमतबाट स्वीकृत भएको छ ।

गृहमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको संघीय प्रहरीसम्बन्धी अध्यादेश बहुमतबाट स्वीकृत भएको हो ।

अध्यादेशमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका थिए । उक्त प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि मन्त्री कार्कीले संघीय प्रहरी ऐनसम्बन्धी विधेयक स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ