arrow

इसेवा मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैङ्कबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ७ बुधबार
esewa-rrb-mou.jpg

काठमाडौँ। देशभर तथा विश्वका दुई सय भन्दा बढी मुलुकबाट डिजिटल रेमिट्यान्स्लाई कारोबारलाई प्राथमिकता दिँदै आएको इसेवामनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

सम्झौता पत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरे। यस सम्झौता अन्तर्गत, अब विदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स्, राष्ट्रिय वाणिज्य बैङ्कका मुलुकभर रहेका २५६ वटा शाखा, ९८ वटा शाखा रहित बैङ्किङ केन्द्र तथा ३४ वटा एक्स्टेन्सन काउन्टर बाट सजिलै भुक्तानी लिन सकिनेछ। साथै, राष्ट्रिय वाणिज्य बैङ्कबाट पठाएको आन्तरिक रेमिट्यान्स् पनि नेपाल भरी रहेका इसेवामनी ट्रान्सफरका १०,००० भन्दा धेरै एजेन्टबाट सहजै प्राप्त गर्न सकिनेछ।

यसै गरी, चाँडै नै, राष्ट्रिय वाणिज्य बैङ्कका खाता ग्राहकले यस बैङ्कको मोबाइल एप अर्थात् “आर्बिबि स्मार्ट“ प्रयोग गरेर देश तथाविदेशबाट इसेवामनी ट्रान्सफर मार्फत पठाएको नगद रेमिट्यान्स् सिधै आफ्नो बैङ्क खातामाप्राप्त गर्न सकिनेछ। साथै, मोबाइल एपबाट इसेवामनी ट्रान्सफरको रेमिट्यान्स् सेवा प्रयोग गरेर देश भरी आन्तरिक रेमिट्यान्स् पठाउन समेत सकिने कम्पनीले जनाएको छ।

इसेवामनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवामनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवामनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान् सफ्ट समूहको भगिनी कम्पनी हो।

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आधा शताब्दीभन्दा बढी समयदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर, २०२२ माघ १० गते स्थापना भएको बैङ्क, ६ वैशाख २०६३ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा पुन दर्ता भएको थियो र हाल, नेपाल राष्ट्र बैङ्कबाट “क“वर्गको इजाजत पत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भई रहेको छ।

हाल, ७ प्रदेश र ७७ वटै  जिल्लामा रहेका २६० शाखाहरूका साथ, राष्ट्रिय वाणिज्य बैङ्क मुलुककै सबैभन्दा धेरै ग्राहकहरूको सङ्ख्या भएको र सबैभन्दा धेरै रुचाइएको बैङ्क बन्न सफल भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ