arrow

भक्तपुरमा केएमसीले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
kmcss.PNG

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएका १९ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ५३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको जेनेरल मेनेजर दाहालले बताए ।

केएमसीले अहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको अभियान नै चलाएको छ । विभिन्न जिल्लामा पुगेर शिविर सञ्चालन गरी बिरामीहरूको निःशुल्क उपचार गरिँदै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हाले देखिनै यो अभियान थालिएको हो । निःशुल्क शिविरले ग्रामीण क्षेत्रका विपन्न बिरामीहरूलाई फाइदा पुग्ने भएकाले शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसी अध्यक्ष डा.शर्मा बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ