arrow

ग्लोबल आइएमई बैङ्कको डिजिटल बैङ्किङ सम्बन्धी देशव्यापी साक्षरता अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
global-ime-awareness.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल बैङ्किङ सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत १७५ भन्दा बढी डिजिटल बैङ्किङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सातै प्रदेशका गाउँदेखि सहरसम्म डिजिटल बैङ्किङ साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा १७५ भन्दा बढी डिजिटल बैङ्किङ साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको छ।

बैङ्कले प्रदेश १ मा २९ वटा, प्रदेश २ मा १७ वटा, बागमती प्रदेशमा २१ वटा, गण्डकी प्रदेशमा २४ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा, कर्णाली प्रदेशमा ८ वटा र सुदूरपश्चिम प्रदेशमा २२ वटा कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। उक्त अभियान आगामी हप्ता कर्णाली र काठमाडौँ उपत्यकामा थप कार्यक्रमहरू सञ्चालन गरी समापन गरिनेछ।

यस्ता साक्षरता कार्यक्रमहरू आयोजना गरी बैङ्कले बैङ्किङ सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलाएको हो।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्‍याउने उद्देश्यका साथ यस अभियानका लागि बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाएको छ।

आजको समयमा डिजिटल बैङ्किङ अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैङ्किङको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारण समक्ष जानकारी पुर्‍याउनु जरुरी रहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ