- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले विकासको नेतृत्व माओवादी केन्द्रले गर्ने बताएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १६ अर्मलाकोटमा आयोजित कार्यक्रममा सभापति कोइरालाले अहिलेको राजनीतिक परिवर्तन माओवादीकै नेतत्ृवमा भएको र अब विकासको.परिवतन पनि माओवादीकै नेतृत्वमा मात्र सम्भव भएको दावी गरे ।
उनले प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण चाइना गर्दै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि कुरा अगाडि बढाएको बताए ।
यस्तै, मध्यपहाडी लोकमार्ग निर्माण अवधारण अगाडि सारेको नेपालमा पूर्व पश्चिम रेल मार्ग बन्नुपर्छ भनेर अवधारणा ल्याने पार्टीनै माओवादी भएको उनले बताए ।
कोइरालाले कास्कीकै अर्मलाको कुरा गर्दा पनि माओवादीका नेता देव गुरुङ मन्त्री हुदा मोटरेवलपुल निर्माण गरेर तत्कालिन अर्मला गाविस र पोखरालाई जोड्ने काम माओवादीले गरेको बताए ।
उनले अर्मलाकोटको पर्यटन प्रवद्र्धनको लागि प्रदेश सरकारले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा अखिल नेपाल खेलकुद महासंघ प्रदेश इञ्जार्च जीवन खाती, नेकपा माओवादी केन्द्रका युवा नेता विपिन आचार्य, अर्मलाकोट घर भइ हाल युकेमा कार्यरत पर्ता परियार, नेकपा माओवादी केन्द्र पोखरा-१६ का अध्यक्ष निर्मल आचार्य लगायतले अर्मलाकोटको विकासका लागि आआफ्ने ठाउँबाट सहयोग गर्ने बताएका थिए ।