arrow

अमेरिकाले उपलब्ध गराएको थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
khop-USA.jpg

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्स सुविधा अन्तर्गत थप ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाललाई उपलब्ध गराएको छ । खोप नेपाल आइपुगेको छ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार उपलब्ध खोपहरू विद्यालय जाने विद्यार्थीहरूका लागि प्राथमिकतामा राखिनेछ ।

विद्यालय, समुदाय, तथा परिवारहरूलाई कोभीड–१९ बाट सुरक्षित राख्नको लागि १२-१७ उमेर समूहको यो खोपले  महत्वपूर्ण भूमिका खेल्ने दूताबासले जनाएको छ ।

उपलब्ध खोप शुक्रबार विहान टेकुमा भण्डारणका लागि लगिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

पुस १३ गतेदेखि काठमाडौँ उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका किशोर–किशोरीलाई फाइजर खोप लगाउने तय भइसकेको छ । यसअघि कार्तिकमा कोभ्याक्स सुविधामार्फत् १ लाख ६२० डोज फाइजर खोप प्राप्त गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ