arrow

गृहमन्त्री खाणसँग कांग्रेस कर्णाली प्रदेशका पदाधिकारीहरूको भेटघाट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
khad-and congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको कर्णाली प्रदेशको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले गृहमन्त्री बालकृष्ण खाणसँग भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा प्रदेशमा देखिएका समास्याबारे गृहमन्त्रीलाई अवगत गराएको कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीले जानकारी दिए ।

भेटघाटमा कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय समिति, कर्णाली प्रदेश समितिमा निर्वाचित पार्टीका पदाधिकारी र सदस्यहरूबीच शुभकामना आदानप्रदान भएको थियो ।

कर्णाली प्रदेश सभापति शाहीले आफूहरूले कर्णाली प्रदेशमा रहेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराएको जानकारी दिए । प्रदेश सभापति शाहीले गृहमन्त्री खाणले समस्या समाधानको पहल गर्ने बताएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ