arrow

कोरोनाका एक सय ६७ संक्रमित थपिए, एकको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १६७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ४४७ जनाको पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २७ हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९६ हजार १२५ पुगेको छ । पछिल्लो समय थप २२६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १० हजार ४९७ पुगेको छ ।

कोरोनाबाट एकको मृत्यु 

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । 

त्यसैगरी पछिल्लो समय दुई लाख ५५ हजार ४५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ९७९ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ