arrow

केएमसीको काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १० शनिबार
KMC-Health-Camp-Photo-(2) (1).jpg

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीले शुक्रबार काठमाडौंको बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो ।

शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७३ जनाको भिडियो एक्सरे र ११३ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएर शिविरमा आएका ३६ जनाको दाँत उखेलिएको छ ।

यता शिविरमा उपचार सम्भव नभएका ५३ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । 

केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ