arrow

जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् : अध्यक्ष ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
kp-oli-angry.jpg

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका छन् । देशभरी एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उनले उल्लेख गरे । 

दमक नगरपालिका–३ स्थित निर्माणाधिन दमक भ्यूटावरको अवलोकन पछि आज यहाँ आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर जनताले फेरि तीनै तहको निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताए । 

“एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो”, उनले भने, “अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।” 

शनिबार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली सोमबारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ