arrow

ग्लोबल आइएमई बैङ्कको मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
global-ime-women-empower.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ। २०७८ पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिवारसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत बैङ्कले सात वटै प्रदेशमा एक दिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ। शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण, औषधी वितरण तथा भीआईए जाँच लगायतका सेवाहरू निःशुल्क रूपमा उपलब्ध हुने बैङ्कले जनाएको छ।

नेपाल परिवार नियोजन सङ्घसँगको समन्वयमा हुने यस कार्यक्रम अन्तर्गत, कर्णाली प्रदेशको कुनाथरी स्वास्थ्य चौकी, बराहताल, सुर्खेतमा पुस १२ गते, प्रदेश १ को देवानगञ्ज स्वास्थ्य चौकी, देवानगञ्ज, सुनसरीमा पुस १४ गते, प्रदेश २ को प्राथमिक उपचार केन्द्र, गौशाला, महोत्तरीमा पुस १५ गते, लुम्बिनी प्रदेशको जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थवाङ्ग, रोल्पामा पुस १६ गते र सुदूरपश्चिम प्रदेशको श्रीकोट स्वास्थ्य चौकी, दोगडाकेदार, बैतडीमा पुस १६ गते, बागमती प्रदेशको पारच्याङ स्वास्थ्य चौकी, नौकुण्ड रसुवामा पुस १७ गते र गण्डकी प्रदेशको नौथर शेरा सामुदायिक स्वास्थ्य इकाई भवन, दोर्दी, लमजुङमा पुस १७ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन्।

यस अघि बैङ्कले महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि मेरी उनीलाई मुद्दती बचत खाता सञ्चालनमा ल्याएको छ। मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत महिलालाई शारीरिक रूपमा सशक्त बनाउने बैङ्कको यो अर्को महत्त्वपूर्ण प्रयास रहेको बैङ्कले जनाएको छ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध सहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरूका निम्ति प्रभावकारी हुने र महिलाहरूमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ।

आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले विभिन्न सङ्घ–संस्थासँगको समन्वयमा विपन्न तथा पिछडिएका महिलाहरूको स्वास्थ्य तथा अन्य सरोकारका विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ