arrow

स्थानीय निकायको निर्वाचनमा पराजयपछि पाकिस्तानी प्रधानमन्त्रीको पार्टीमा हलचल

logo
एजेन्सी,
प्रकाशित २०७८ पुष १४ बुधबार
imran-khan-PM.jpg
फाइल तस्बिर

इस्लामावाद। खैबर पख्तुनख्वामा स्थानीय निकायको चुनावमा पराजय भोगेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टी भित्रका सबै निकायहरू विघटन गरेका छन्। प्रधानमन्त्री खानले सत्तारुढ पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को लागि नयाँ सङ्गठनात्मक संरचना बनाएका छन्।

डन अखबारका अनुसार देशका सूचना मन्त्री फवाद चौधरीले आफ्नो आधिकारिक ट्विटरमार्फत योजना मन्त्री असद उमरलाई महासचिवमा चयन गरेको बताए। यस बाहेक विभिन्न प्रदेशका अध्यक्षमा अन्य कैयौँको नाम सिफारिस भएको थियो। जसमा खैबर पख्तुनख्वाका लागि रक्षा मन्त्री परवेज खट्टक, सिन्धका लागि सामुद्रिक मामिला मन्त्री अली जैदी, बलुचिस्तानका लागि राष्ट्रिय सभाका उपसभामुख कासिम सुरी, पञ्जाबका लागि शिक्षामन्त्री शफकत महमूद र दक्षिण पञ्जाबका लागि उद्योग तथा उत्पादन मन्त्री खुसरो बख्तियार समावेश छन्।चौधरीले सत्तारुढ दलको साङ्गठनिक संरचना विघटन गर्ने निर्णय गरेको बताए ।

"पार्टी टिकटहरू निष्पक्षता र योग्यताको सिद्धान्त विपरीत नातावादको आधारमा बाँडिएको हुनाले, प्रधानमन्त्री इमरान खान धेरै निराश छन्," फवादलाई उद्धृत गर्दै जियो टिभीले भनेको छ। पाकिस्तानमा यसको सङ्गठनात्मक संरचना विघटन गरेको हो।

सूचना तथा प्रसारण मन्त्रीले इस्लामावादमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रदेशको दोस्रो चरणको स्थानीय निकायको निर्वाचनको रणनीति तय गर्न पार्टीले नयाँ संवैधानिक समिति गठन गर्ने निर्णय गरेको जनाएका छन्।

निर्वाचनको नतिजाबारे बोल्दै मन्त्रीले प्रदेशमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको टिकट पार्टीका सदस्यका परिवारलाई बाँडिएको गुनासो आएको बताए ।

जमियत उलेमा-ए-इस्लाम फजलले १० तहसील काउन्सिलमा, ९ मा पीटीआई, पाँचमा एएनपी, पीएमएल-एन र जमात-ए-इस्लामीले एक-एक सिट जितेको छ, न्युज इन्टरनेशनलले उद्धृत गर्दै जनाएको छ। 

यसैबीच, इमरान खानले मुख्यमन्त्रीलाई अर्को महिना हुन लागेको स्थानीय निकायको निर्वाचनको अर्को चरणको लागि प्रभावकारी रणनीति बनाउन निर्देशन दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ