arrow

झरीका कारण डाइभर्सन हिलो हुँदा पूर्व-पश्चिम सडक अवरुद्ध

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष १४ बुधबार
269959064_964249854507096_5523744616605420692_n.jpg

नवलपुर। मङ्गलवार मध्यराती देखि परेको झरीको कारण पूर्व पश्चिम सडकको नारायण घाट बुटवल खण्डमा पर्ने कावासोतीको खरकटटामा रहेको डाइभर्सनमा गाडी चल्न नसके पछि पूर्व पश्चिम महेन्द्रराजमार्गको बुटवल नारायण घाट सडक खण्ड अवरुद्ध भएको छ।

सडक अवरुद्ध हुँदा कावासेतीको पूर्व पश्चिम दुवै तिर सवारीको लामो लाइन लागेको छ भने आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र परेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तका अनुसार मध्यरात देखि परेको झरीको कारणले डाइभर्सन हिलो हुँदा सवारी फसे पछि सडक अवरुद्ध भएको हो । फसेको ठाउँबाट सवारी निकालिए पनि डाइभर्सन मर्मत नहुँदा सम्म सडक सुचारु हुन नसक्ने पन्तले बताए । पन्तका अनुसार सडक छिट्टै सुचारु गर्ने गरी मर्मतको काम भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ