- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय बनेसँगै देशभर वर्षा भएको छ । उच्च पहाडी र हिमाली भेगमा मात्र होइन काठमाडौँका डाँडामा पनि हिउँ परेको छ। बुधवार बिहान काठमाडौँमा १०.७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । काठमाडौँमा मङ्गलवार वर्षा भएको थिएन ।
कीर्तिपुर ११.४ मिलिमिटर वर्षा मापन भएको छ । अहिले पनि काठमाडौँमा फाट्टफुट्ट वर्षा भइरहेको छ ।
महाशाखाको ताजा विवरण अनुसार दिपायलमा १२, डडेलधुरामा १२.२ र धनगढीमा २ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा ५, नेपालगन्जमा २, जुम्लामा २.६ र घोराहीमा ०.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पोखरामा ६.५, भैरहवामा १२.६, सिमरामा १३, ओखलढुङ्गामा ३ र ताप्लेजुङमा १२.३ मिलिमिटर वर्षा भएको छ । धनकुटा र जनकपुरमा क्रमशः २.८ र १.५ मिलिमिटर वर्षा भए पनि विराटनगरमा वर्षा मापन भएको छैन ।
महाशाखाका अनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा वर्षा हुनेछ । बिहीबारबाट मात्र मौसममा सुधार आउने आङ्कलन गरिएको छ ।