arrow

भीम रावलको प्रश्न : भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नक्शामा राख्दा सरकार किन मौन ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
bhimrawal.JPG

काठमाडौं । एमाले नेता भीम रावलले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई आफ्नो नक्शामा राखेको भन्दै आपत्ति जनाएका छन् ।

नेपाली भूभाग आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको सामाचार आइसक्दा पनि सरकार र ठूला राजनीतिक दलहरु मौन बस्नु दुर्भाग्य भएको उनको भनाइ छ ।

विहीबार विहान सामाजिक संजालमार्फत रावलले ठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त भएको आरोप पनि लगाए ।

उनले लेखेका छन्,‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?

केही दिन अघि भारतीय सर्वेक्षण विभागले महाकाली नदीको नामै फेरेर नयाँ नक्शा जारी गरेको समाचारहरु सार्वजनिक भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ