arrow

मौसममा क्रमिक सुधार : घाम खुल्दै जाने, पानी नपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
himpat-chandragiri1.jpg

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर केही दिन यताको मौसम खराबी अब, भने हट्दै जाने देखिएको छ । पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको  प्रभावका बुधबार देशका विभिन्न ठाउँमा बदली, वर्षा हुनुका साथै हिउँ समेत परेको छ ।

यद्यपि बिहीबार आजदेखि नै मौसममा क्रमिक सुधार सुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले बताए । 

'बादल, हुस्सु अलिअलि लागेको छ, पानी पर्ने त्यस्तो केही छैन, आज भन्दा भोलि सुधार भोलि भन्दा पर्सी, दुई/चार दिन पानी पर्ने त्यस्तो केही छैन, तर जल वाष्प र बादल बहावका कारण बिहानमा हुस्सु लाग्ने छदै छ, लगातारको झरी बन्द भइसक्यो त्यो छैन,' उनले भने ।

'मेन सिस्टम कमजोर भइसक्यो, पश्चिमतिर पूरै घाम लागिरहेको अवस्था छ सुदूरपश्चिम पश्चिम र तराईका क्षेत्रमा पनि । मध्य र पूर्वी क्षेत्रमा अलि बादल छ । पूर्वमा पनि खासै पानी पर्ने छैन, छुटफुट वर्षा हुनसक्छ, आज भन्दा भोलि धेरै सुधार हुँदै जान्छ,' मौसमविद् पौडेलले भने ।

वर्षा र चिसोका कारण देशका अधिकांश क्षेत्रमा हिजो अर्थात् बुधवार हिमपात समेत भएको थियो । यस्तै माैसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गर्दै  देशको उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको बताएको छ ।

 यस्तो छ पूर्वानुमान:

पौष १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही  गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका  पहाडी भू-भागमा आंशिक देखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 पौष १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली रही  पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अनुरोध छ। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ