- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय ग्रामर स्कूलसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।
शिविरमा ८९२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । १९२ जनाको भिडियो एक्सरे, १८७ जनाको रक्त परीक्षण र १६८ जनाको मुटुको जाँच (इसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
सोमबार केएमसीले काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १ हजार १ सय ७२ बिरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि विभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेर हजारौं बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।