arrow

नेपालगन्ज पुगेर किशोर राठौरले भने-'बाँकेमा म सर्वसम्मतिको पहल गर्छु'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
banke-ratud.PNG

नेपालगन्ज । नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री किशोरसिंह राठौरले बाँकेमा सर्वसम्मतको प्रयत्न गर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पुस २७ गते हुने जिल्ला अधिवेशनमा आफूले सकेसम्म सर्वसम्मतिको प्रयास गर्ने बताएका हुन् । 

सहमहामन्त्री राठौरले १४औं महाधिवेशनले ऊर्जा दिएको भन्दै पार्टी सुदृढ ढङ्गले अघि बढ्ने बताए । उनले महाधिवेशनले एकताको सन्देश दिएको बताउँदै नेता कार्यकर्ताहरूलाई एक ढिक्का भएर लाग्न आह्वान  गरे । 

उनले थपे-"१४औं महाधिवेशन कोषेढुंगा साबित भएको छ ।" उनले अब कांग्रेसले चुनाव जित्नुको विकल्प नरहेको बताए । "देशमा लोकतन्त्र बचाउन कांग्रेसले जित्न जरुरी छ, विकासका लागि कांग्रेसको जीत आवश्यक छ, उनले भने ।

चुनावमा एक्लै लड्नुहुन्छ या गठबन्धन गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले परिस्थिति हेरेर हुने बताए । "सभापतिले प्रधानमन्त्रीका हैसियतले सबैलाई मिलाएर जानुहुन्छ भन्ने लागेको छ, एक्लै वा मिलेर पनि जान सक्ने हुन सक्छ, परिस्थिति कस्तो बन्छ त्यही अनुसार हुन्छ ।" 

पत्रकारहरूको अर्को जिज्ञासामा उनले राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी पारित हुने बताए । अहिले नै एमसीसी पारित नहुने उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ