arrow

मौसममा सुधार हुँदै, वर्षा नहुने, चिसो बढ्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १६ शुक्रबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ । धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ ।

काठमाडौं उपत्यकामा भने हुस्सुका कारण भिजिबिलिटी कम रहेको छ । महाशाखाका अनुसार आज कतै पनि वर्षा हुने छैन । तर चिसो भने बढ्दै जाने छ । बिहान उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रह्यो । 

दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य  बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तो छ भोलिको पूर्वानुमान
भोलि शनिबार देशभर आंशिक बदली रहनेछ।  गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशभर आंशिक बदलीको संभावना रहेको छ।

यस्तो छ पर्सी आइतबारको पूर्वानुमान 
देशभर आंशिक बदली रहनेछ । राति देशभर आंशिक बदलीको संभावना रहेको छ ।

गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ । 
 



नयाँ