arrow

मौसमले कतिपय उडान रद्द, विमानस्थलको आन्तरिक टर्मिनल अस्तव्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
tia-internal-terminal-.jpg

काठमाडौं । खराव मौसमको असर उडान क्षेत्रमा पनि परेको छ । गत बुधबारदेखि आन्तरिक उडानमा असर पर्दै आएको छ । अधिकांश उडानहरु रद्द हुँदै आएका छन् । 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुँदै आएको जनाएको छ । शनिबार बिहानभर भिजिबिलिटी कम भएका कारण अधिकांश आन्तरिक उडान हुन सकेनन् । 

यसको व्यवस्थापन भने हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल अस्तव्यस्त देखिएको छ । 

बिहान उडान हुन नसकेपछि यात्रुहरु अलमलमा परेका छन् । कतिपय उडान पछाडि धकेलिएको छ । 



नयाँ