arrow

अनलाइन पत्रकार संघको अध्यक्षमा सापकोटा, हाम्राकुराका अधिकारी उपाध्यक्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
onlinee.jpg

काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा डिल्लीप्रसाद सापकोटा चयन गरिएको छ ।

शनिबार सम्पन्न ११ औं वार्षिक साधारण सभाबाट अर्थबजार डटकमका प्रधान सम्पादक सापकोटाको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

संघको उपाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी, सचिवमा काठमान्डु प्रेसका गोविन्द मरासिनी, कोषाध्यक्षमा हाम्रो अर्थ डटकमका निर्दोष घोरसाइने साथै सदस्यहरुमा उकेरा डटकमकी प्रजु पन्त, नयाँपुस्ता डटकमका अमृत पौडेल र मिडिया कुराकानीका रविराज बराल चयन भएका छन् ।

कार्यक्रममा संघका संस्थापकहरुलाई सम्मान प्रदान गरिएको छ । साथै यसै बर्षबाट शुरु भएको ‘अनलाइन जर्नालिजम अवार्ड’बाट उकेरा डटकमका सम्पादक केपी ढुंगानालाई पुरस्कृत गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ