arrow

सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडपः घाइते १३ मध्ये तीन जनाको अवस्था गम्भीर 

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ पुष १८ आइतबार
270589965_262265859178647_4065987124052594749_n.jpg

जनकपुरधाम। धनुषामा प्रहरी र सीके साउतको जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदा १३ जना घाइते भएका छन् । झडपमा परी प्रदर्शनकारीतर्फ ८ तथा प्रहरीतर्फ ५ जना घाइते भएका हुन् । 

जसमा प्रहरीले रबरको गोली चलाउँदा तीन प्रदर्शनकारी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा बैजनाथ साह, रामदयाल मुखिया र नथुनी बिराजी हुन् ।

उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेकामा थप उपचारका लागि अन्यत्र लैजाने क्रम जारी रहेको बताइएको छ । किसान आन्दोलन अन्तर्गत सीकेको जनमतले गरिरहेको अनिश्चतकालीन राजमार्ग घेराउ कार्यक्रमको क्रममा प्रहरीले गोली चलाएको हो । 

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–८ स्थित पोर्ताहामा झडप भएको हो । प्रत्यक्षदर्शीका अनुसार आन्दोलन कारी राजमार्ग अवरोध गर्न पोर्ताहा चोकमा थिए । वीरेन्द्रबजारस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमान्डको टोलीले रबरका गोली प्रहार गरेको थियो । 

प्रहरीले अचानक २५ सेल आँश्रुग्यास र प्लास्टिकका गोली चलाउन थालेको थियो । एक जना प्रहरीले बुलेट नै चलाए पनि बन्दुक बिग्रेकाले उनको आफ्नै मुखमा चोट लागेर घाइते भएको स्थानीयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ