arrow

सार्वजनिक बिदा दिन माग गर्दै राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
rpp-deuba-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले लामो समयदेखि नै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा एकता दिवसको रुपमा मनाउँदै सार्वजनिक बिदा दिन माग गरेको हो ।  

राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको एजेन्डा बोक्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ