arrow

सुलेमानीको हत्या भएको दिन इजरेलका प्रमुख दुई समाचार वेबसाइट इरानी ह्याकरद्वारा ह्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
iran-israel.jpg

काठमाडौं । इरानको क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या भएको दोस्रो वर्ष पुगेका दिन इरान समर्थित ह्याकरहरूले इजरेलका प्रमुख दुई समाचार वेबसाइटमाथि हमला गरेका छन् ।

सन् २०२० को जनवरी ३ का दिन कासिम सुलेमानी र इराकको लोकप्रिय मोबिलाइजेशन फोर्सका उप कमान्डर अबु महदी अल मुहान्डिसको अमेरिकी ड्रोन आक्रमणमा हत्या भएको थियो ।

सुलेमानीको हत्या भएको दुई वर्ष पुगेको दिन सोमबार बिहानै इजरायलको हिब्रू भाषाको दैनिक अखबार मारिभ र जेरुसेलम पोस्ट (जेपोस्ट)लाई इरान समर्थित ह्याकरहरूले हमला गरेका हुन् ।

मारिभ अखबारको ट्विटर ह्यान्डलबाट ह्याकरहरूले तीन वटा फोटो पोस्ट गरेका थिए । जसमा हामी तिम्रो नजिक छौ जहाँ तिमी यसको बारेमा सोच्न सक्दैनौँ भन्ने वाक्यसहित डिमोना आणविक सुविधालाई दर्साउने फोटो राखिएको थियो । यस्तै अर्को सुलेमानी र अबु महदीको फोटो राखिएको थियो ।

जेरुसेलम पोस्टको वेबसाइटको गृहपृष्ठमा भने करिब २ घण्टासम्म असर परेको थियो । जेरुसेलम पोस्टको गृहपृष्ठमा हामी तिम्रो नजिक छौ जहाँ मिति यसको बारेमा सोच्न सक्दैनौँ भन्ने वाक्यसहित डिमोना आणविक सुविधालाई दर्साउने फोटो राखिएको थियो ।

केही समाचारहरू खोल्दा ४०४ त्रुटि सन्देश देखाएको थियो । मारिभको ट्विटर ह्यान्डल कम्पनीकै नियन्त्रणमा आइसकेको छ भने, ट्विटरबाट उक्त पोस्टहरू पनि डिलिट गरिएका छन् । अहिले जेरुसेलम पोस्टको वेबसाइट पनि सामान्य अवस्थामा आइसकेको छ । 

ह्याकरहरू इरानभित्रकै, इरान बाहिरका या राज्य सञ्चालित हुन भन्ने कुरा भने खुलेको छैन ।



नयाँ