arrow

समाजवादको बाटो कलङ्कीतिर हिँडेर भक्तपुर जाँदै छ भन्नुजस्तै हो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
pm-kp-oli1.jpg

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलङ्कीतिर हिँडेर भक्तपुर गए जस्तै भएको बताएका छन् । राजधानीको एक कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । 

“वामपन्थीहरूको बहुमतको सरकार ढालेर दर्शन नमिल्ने विपक्षीको पछि लाग्ने अनि समाजवादको नेपाली बाटोको कार्यदिशा लिइनु कलङ्कीतिर हिँडेर भक्तपुर जाँदै छ भन्नुजस्तै हो”, नेकपामा भएको विभाजनतर्फ लक्ष्य गर्दै अध्यक्ष ओलीले, “जनतालाई यतिसम्म ढाँट्ने यो एक प्रकारले भीषण सांस्कृतिक विचलन हो । हामीले योजनाबद्ध रूपमा सांस्कृतिक क्षेत्रलाई गतिशील बनाउन लाग्नुपरेको छ ।” 

सङ्कीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न सक्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री ओलीले नेपालीले सही विश्लेषणका आधारमा नेपालको ऐतिहासिकता र मौलिकताको उजागर गर्न सक्नुपर्नेमा जोड दिए । 

राम नेपालकै अयोध्यामा जन्मेका हुन् भन्नु वा पशुपतिनाथलाई संरक्षण गर्दै त्यहाँभित्रको वैज्ञानिकतालाई जनताका पक्षमा उपयोग गर्न खोज्दा त्यसलाई अध्यात्मवादसँग जोड्नेहरूप्रति आफूलाई दया लागेको अध्यक्ष ओलीको भनाइ थियो ।

एमाले फुटाउनुलाई अग्रगमन मान्ने पक्षलाई जवाफ दिँदै उनले एमालेले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनलाई आत्मसात् गरेर हिँड्ने पार्टी भएको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ