arrow

पूर्ण खोप लगाइसकेका जोखिम समूहमा व्यक्तिलाई अतिरिक्त खोप दिइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १९ सोमबार
corona-vaccine-janssen_1617891444.jpg

काठमाडौं । पूर्ण खोप लगाइसकेका जोखिम समूहमा रहेका व्यक्तिलाई सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई खोप लगाउन लागेको हो । पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा दिने भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ । अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ । सरकारले दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई प्राथमिकता राखेको छ ।

एचआइभी संक्रमित, क्यान्सर, अंग प्रत्यारोपण गरेका बिरामी, उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामीलाई सरकारले अतिरिक्त खोप लगाउन लागेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ