arrow

एमाले बाँकेमा बिसीको उम्मेदवारी, भने- यो बार्गेनिङका लागि होइन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २० मंगलबार
dilli-bc.gif

बाँके । नेकपा एमाले युवा नेता डिल्ली बिसीले  एमाले बाँकेको आसन्न आठौं अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।  अग्रज र समकक्षीको साथ र सहयोगमा आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । 

अध्यक्षका उम्मेदवार नेता बिसीले पार्टीलाई सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्  । बिसीले आफ्नो उम्मेदवारी पार्टी निर्माणका लागि भएको बता । 

उनले उम्मेदवारी बारे प्रतिक्रिया दिँदै भने, ‘अध्यक्ष पदको मेरो उम्मेदवारी अन्य कुनै पदको बार्गेनिङका लागि होइन । पार्टी निर्माणका लागि मैले यही पुस २३ गते हुने आठौं जिल्ला अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छु ।’

 पछिल्लो समय पार्टीमा वैचारिक नेतृत्वको खडेरी परेको भन्दै कार्यकर्ताले आफूलाई पार्टी नेतृत्वका लागि अगाडि सारेको उनले बताए । कार्यकर्ताहरूको मनोभावना अनुसार आफूले उम्मेदवारी घोषणा नेता बिसीको भनाई छ ।

‘पार्टीमा वैचारिक नेतृत्वको खडेरी पर्‍यो, जिल्ला नेतृत्वमा तपाईँ अगाडि सर्नुहोस् भनेर बारम्बार कार्यकर्ता आग्रह गरेपछि उहाँहरूको मनोभावना अनुसार मैले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ । कार्यकर्ताहरूबाट राम्रो प्रतिक्रिया आइरहेका छन्’, अध्यक्षका उम्मेदवार बिसीले भने, ‘अग्रज र अनुजको सहयोग र हौसलाबाट म जिल्ला नेतृत्वमा पुग्ने हो । त्यसैले मेरो उम्मेदवारीका पछाडि अग्रज नेताहरूको हात र साथ रहेको छ भने समकालीन र पछिल्लो पुस्ताका नेता कार्यकर्ताहरूको मतले नै म जिल्ला नेतृत्वमा पुग्ने हुँदा मरो उम्मेदवारीमा अग्रज र अनुजहरू दुवैको साथ र सहयोग रहेको छ ।’

बाँकेको कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन वैचारिक र सफल नेतृत्व आजको आवश्यकता भएको भन्दै उनले आफूले पार्टी नेतृत्वमा दावी गरेको बताए । 

‘बाँकेको कम्युनिस्ट आन्दोलनलाई थप उचाइमा पुर्‍याउन मैले आसन्न आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेको छु’, उनले भने, ‘जहिले पनि पार्टी हितमा सोचियो । कुनै अवसर र नियुक्तिको पछाडि दौडिएन । पार्टी निर्माणका लागि हिजोदेखि आजसम्म कटिबद्ध भएर लागियो । पार्टी अध्यक्ष केपी ओलीको बिचार र राष्ट्रिय सङ्कल्पलाई साकार बनाउन मेरो उम्मेदवारी रहेकाले यही आउँदो पुस २३ गते हुने आठौं अधिवेशनमार्फत पार्टी नेतृत्व गर्ने गरी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु । हर तरहले मलाई सहयोग गरिदिनुहोला ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ