arrow

यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
weather-cloud.jpg

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो देशशभर बदली  रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।  

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ । 

बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ ।  

प्रदेश १ र २ का एक दुई स्थानमा वर्षा पनि हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ