arrow

कोरोना विरुद्धको खोपमा प्रयोग हुने ६ लाख सिरिन्ज ल्याइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
corona-vaccine-janssen_1617889622.jpg

काठमाडौं । कोरोना भाइरस खोप लगाउँदा प्रयोग हुने सिरिन्ज आज नेपाल आइपुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार खोपका लागि प्रयोग गरिने सिरिन्ज नेपाल ल्याइएको हो । 

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो । सिरिन्ज अभावका कारणले यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो । ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी थियो । 

बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सिरिन्ज आइसकेकाले स्थगित गरिएको फाइजर खोप सञ्चालन गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ