arrow

नवलपुरमा १८ हजार मतदाता थपिए

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २१ बुधबार
namawli.jpg

नवलपुर । नवलपुरमा १८ हजार १ सय २६ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले गत मंसिर १७ देखि पुस १९ गते सम्म जिल्लाको सात वटा स्थानीय तहमा टोली खटाएर दुई चरणमा मतदाता नामावली संकलन गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद भुसालका अनुसार जिल्लाको देवचुली नगरपालिकामा १ हजार ६ सय ७७, गैडाकोटमा २ हजार ९सय २३, मध्यविन्दुमा २ हजार ८ सय २२, हुप्सेकोट गाउँपालिकामा १ हजार १ सय ४०, विनयी त्रिवेणी गाउँपालिकामा १ हजार ६ सय ६२, बुलिगंटार गाउँपालिकामा ४ सय ४२ र बौदीकाली गाउँपालिकामा ६सय ५९ जना मतदाता थपिएका हुन् । यसैगरी नामावली संकलनको क्रममा ७६ जना मतदाताले त्रुटी सच्याएका र ५ सय ५८ जनाले ठाउँ सारी गरेका छन् ।

२०७८ साउनदेखि मंसिरसम्म जिल्ला प्रशासन कार्यालयमा ४ हजार २ सय ६८ र जिल्ला निर्वाचन कार्यालयमा २ हजार ५ सय ३३ जनाले नाम दर्ता गराएका भुषालले बताए । भुषालका अनुसार २०७७ पुस मसान्तसम्म जिल्लामा कुल मतदाता २ लाख ३७ हजार १ सय ५६ रहेकोमा थपिएका १८ हजार १ सय २६ सहित मतदाताको कुल संख्या २ लाख ५५ हजार २ सय ८२ पुगेको हो ।

मतदाता नामावली ऐन २०७३ अनुसार मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने विधि र प्रक्रिया अनुसार नामावली संकलन गरिएको निर्वाचन अधिकारी भुषालले जानकारी दिए ।

कावासोती नगरपालिका जिल्ला सदरमुकाम भएकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ