arrow

चरिकोटमा केएमसीको दुई दिने निःशुल्क स्वास्थ्य शिविर, पहिलो दिन एक हजार बिरामीको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
kmc-camp-blood-pressure.jpg

दोलखा । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसीले दोलखाको चरिकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । भिमेश्वर गाउँपालिका वडा नंम्बर ८ र सत्याग्रह साप्ताहिकसँग सहकार्य गरेर दुई दिने शिविर संचालन गरेको हो ।

शिविरको पहिलो दिन बिहीबार एक हजार १३ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा २२७ जनाको रक्त परीक्षण, २१७ जनाको भिडियो एक्सरे, र १९२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार ७२ जनाको दाँत खोलिएको छ ।

केएमसीका विशेषज्ञ डाक्टरहरुको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरमा उपचार सम्भव नभएका ६४ जना बिरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।     

यसअघि मंगलबार केएमसीले काभ्रेको चौकोटमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेर १ हजार एक सय ६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो । यसअघि पनि विभिन्न जिल्लामा केएमसीले निःशुल्क शिविर संचालन गरेर बिरामीको उपचार गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ