arrow

पिसाब फेर्दा करेन्ट लागेर बस चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
current-killed.jpg

ललितपुर । ललितपुरको कोञ्ज्योसोम ३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको बा ३ ख ४१०८ नम्बरको बसको टायर पञ्चर भई रोकिराखेको अवस्थामा पिसाब फेर्ने क्रममा करेन्ट लागेर बस चालक कोञ्ज्योसोम दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको मृत्यु भएको हो ।

हवल्दार श्रेष्ठका अनुसार करेन्ट लागेर घाइते भएका घिमिरेलाई उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार साँझ ५ बजेर २५ मिनेटको समयमा घिमिरे ढलेपछि उठाउन जाँदा करेन्ट लागेको थाहा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ