arrow

संग्रहालय परिसरबाट भत्काइँदै बतासको संरचना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
narayanhiti-palace.jpg
तस्बिर– फाइल

काठमाडौं । नारायणहिटी संग्रहालय परिसरमा छिरेको बतास समूहको योजना ढिलै भए पनि तहसनहस बन्दै गएको छ । सो समूहले संग्रहालयभित्र बनाउन लागेको रेष्टुरेन्टको लागि तयार हुँदै गरेको संरचना भत्काइएको छ । 

सरकारले सो संग्रहालय परिसरमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै कार्यकारी निर्देशक भेषनारायण दाहालको निर्देशनमा रेष्टुराँ परिसरको संरचना भत्काइएको छ ।

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले बिहीबारमात्रै छानबिन समिति बनाएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । समितिलाई संग्रहालयभित्र निर्माणाधीन रेष्टुरेन्टका बारेमा तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । 

मन्त्रालयले नै संरचना भत्काउन पत्राचार गरेपछि कार्यकारी निर्देशक दाहाल आफैं उपस्थित भएर पर्खाललगायतका संरचना भत्काएका हुन् । 

बतास समूहले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट सञ्चालनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा अनुमति पाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ