arrow

ओलीले गरे जिल्ला अधिवेशन उद्घाटन, बहुमत ल्याउने गरी लाग्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २३ शुक्रबार
KP-OLI-SIR_1617875794.jpg

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले ६० भन्दा बढी जिल्लाको अधिवेशन उद्घाटन गरेका छन् ।

थापाथलीस्थित केन्द्रीय कार्यालयको एक्सन कक्षबाट ओलीले  जिल्ला अधिवेशनहरूको आज ‘भर्चुअल’माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

हिमालीलगायत केही जिल्लामा बाहेक ६० भन्दा बढी जिल्लामा आज एमालेको अधिवेशन सुरु भएको छ ।

थापाथलीस्थित केन्द्रीय कार्यालयकोबाट उनले सम्बोधन राष्ट्रियताको संवर्द्धन र प्रवर्द्धन तथा समृद्धिका लागि एमाले कटिबद्ध रहेको बताए ।

 उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । 

जिल्ला तथा प्रदेश अधिवेशनका लागि दसौँ राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ