arrow

सडक चौडा गर्ने मोदीको अभिव्यक्तिप्रति आपत्तिः ‘लिपुलेक-लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भयो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
nilamber_acharya.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएको खबर सार्वजनिक भएपछि भारतका लागि निवर्तमान नेपाली राजदूत निलाम्बर आचार्यले आपत्ति प्रकट गरेका छन् ।

लिपुलेक-लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएकाले चुप बस्न नहुने उनको भनाइ छ । आचार्यले सामाजिक संजालमा प्रतिक्रिया लेख्दै आफूलाई दुख्दा मौन बस्नु नहुने बताएका हुन् ।

उनले लेखेका छन,‘के नेपाल चुप छ ? चुप बस्न हुँदैन, बोल्नुपर्छ तर के, कहाँ, कहिले र कसरी बोल्ने विचार पुर्‍याउनुपर्छ । आफूलाई दुख्दा प्रतिक्रिया जनाउनुपर्छ । लिपुलेक-लिम्पियाधुरामा पुनः हामीलाई दुखाउने काम भएको छ । आशा छ, आधिकारिक स्तरमा पुनः उपयुक्त प्रतिक्रिया जनाइएको होला ।’

भारतीय प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए । मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको खबर बीबीसीले सार्वजनिक गरेको थियो ।

यसअघि नेपाली भूमि लिपुलेकमा ९ अप्रिल २००८ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा धारचुला-लिपुलेख लिंक रोड उद्घाटन गरेपछि नेपाल सरकारले विरोध गरेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ