arrow

महेश बस्नेतकै गृहजिल्लामा सहमतिमा सकस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
CPN-UML-Flag.jpeg

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुने भएको छ । जिल्लामा रहेको केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास हिजोदेखि नै सुरु गरे पनि सहमति बन्ने सम्भावना न्यून भएकाले निर्वाचन हुने भएको हो । 

बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगतरुपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास पनि भइरहेको जानकारी दिए । 

उनले भने, “अधिवेशनमा नेतृत्वका लागि एकभन्दा बढीको चाहना हुनु स्वभाविक हो, दुई जनाले अध्यक्षमा चाहना गर्नुभएको छ, हामी दिउँसो ३ बजेसम्म सर्वसम्मतको प्रयास गर्छौं, नभए ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गर्छौं, आजै निर्वाचन सक्छौँ ।” जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन देउजा र बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले उम्मेदवारी दिने भएका छन् ।  
    
एकसय पाँच सदस्यीय कमिटीमा सर्वसम्मत हुन नसकेका पदमा चुनाव गर्ने तयारी निर्वाचन समितिले गरे पनि एमाले केन्द्रीय नेता महेश बस्नेत, सोमप्रसाद मिश्रलगायत भने सर्वसहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने कसरतमा लागेको बताइएको छ । 

तर देशभरकै जिल्लामा सर्वसम्मतको उर्दी जारी गरेको पार्टीले महेश बस्नेतकै गृहजिल्लामा सहमति गर्न सकस हुनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीकै चुनावी जिल्ला झापा भए पनि स्थायी बसाई जिल्ला भने भक्तपुरको बालकोट नै हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ