- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सन्धिखर्क । नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा भएको अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ । नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुषालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।
जसको उपाध्यक्षमा ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।
अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले उद्घाटन गरेका थिए ।