arrow

नवलपुरमा बाघ आतंक : गाईबस्तु चराउन गएका कुमाल गम्भीर घाइते

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २४ शनिबार
1641649425358.jpeg
फाईल फोटो

नवलपुर । नवलपुरको मध्यविन्दुमा बाघले आक्रमण गर्दा एक जना गम्भीर घाइते भएका छ्न् । शनिबार दिउँसो भुलपानी चौरमा गाईबस्तु चराउन गएको बेला मध्यविन्दु १५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई बाघले आक्रमण गरेर गम्भीर बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तले बताए ।

पन्तका अनुसार बाघले आक्रमण गरेर घाईते भएका कुमाललाई स्थानीयले उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याएका थिए । बाघको आक्रमणले टाउकोमा गम्भीर चोट लागेका कुमाललाई थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाईएको प्रहरीले बताएको छ ।

पछिल्लो समय मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका आसपास बाघको आतंक बढेको छ भने बाघले आक्रमण गर्दा २ जनाको ज्यान गैसकेको छ । 

स्थानीयमा त्रासको अवस्था सिर्जना भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ