arrow

अन्तरिक्षमा सफलतापूर्वक तैनाथ भयो इतिहासकै ठूलो टेलिस्कोप 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २५ आइतबार
James-Webb-Space-Telescope.jpg

काठमाडौं । अन्तरिक्षमा पठाइएको इतिहासकै ठूलो जेम्स वेब स्पेस टेलिस्कोप सफलतापूर्वक तैनाथ भएको छ । धेरै ठूलो आकारको भएका कारण आकार अन्तरिक्षमै जोडिने गरी तयार पारेर यो टेलिस्कोप अन्तरिक्षमा पठाइएको थियो ।

दुई साताको तैनाथ चरण पार गर्दै सफलतापूर्वक तैनाथ भएसँगै शनिवार मेरील्याण्डको बाल्टिमोर स्थित स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा इन्जिनियरहरूले खुशी मनाएका थिए । 

६.५ मिटर लामो ऐना भएको जेम्स वेब स्पेस टेलिस्कोप सफलता पूर्वक अन्तरिक्षमा तैनाथ भएको जानकारी शनिवार नासाले ट्विटरमार्फत दिएको हो ।

फ्रान्सेली गुयानाको कोउरो स्थित युरोपको स्पेस पोर्ट भनेर चिनिने गुयाना स्पेस सेन्टरबाट शनिवार इतिहासकै ठूलो स्पेस टेलिस्कोपको सफल प्रक्षेपण भएको थियो । २१ मिटर लामो र १४ मिटर चौडा जेम्स वेब स्पेस टेलिस्कोपको तौल ६ हजार ५ सय किलोग्राम रहेको छ ।

यसलाई हबल स्पेस टेलिस्कोपको उत्तराधिकारी समेत भनिएको छ । बिग ब्याङ पछि ब्रह्माण्डको सुरुवाती चरण, आकाशगङ्गाहरूको विकास, तारा र ग्रह प्रणालीको विकास क्रम, ग्रह प्रणाली र जीवनको उत्पत्तिलगायतका विषयमा जेम्स स्पेस टेलिस्कोपले अध्ययन गर्नेछ ।

यसको अर्थ जेम्स वेब स्पेस टेलिस्कोपले बिग ब्याङ भएको १० करोड वर्षसम्मका गतिविधिहरू देख्न सक्नेछ । त्यति बेला ताराहरू र आकाशगङ्गाहरूको उत्पत्ति र विकास हुन थालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ