arrow
ADVERTISEMENT

एमाले बागलुङमा हीराबहादुर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
Hira Bahadur Kc.jpg

बागलुङ । नेकपा एमाले बागलुङको अध्यक्षमा हीरा बहादुर केसी विजयी भएका छन् । पार्टीको नवौं जिल्ला अधिवेशनबाट केसी अध्यक्षमा विजयी भएका हुन् ।

पार्टीका ६३६ मतदातामा रहेकोमा मतदानमा ६०२ जना सहभागी थिए । जसमा केसीले ३२९ मत ल्याएर विजयी भए । अध्यक्षमा तीन जनाको प्रतिस्पर्धा गरेकामा प्रत्यासी कृष्ण पाठकले २२८ मत र मेहरसिंह पाइजाले ३४ मत प्राप्त गरे । 

एमालेको अध्यक्ष, उपसचिव र खुल्ला पुरुष सदस्य गरी जम्मा ३० पदमा मात्रै निर्वाचन भएको थियो । एमालेको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल सर्वसम्मत चुनिएका छन् ।

यस्तै, नेकपा एमालेको उपसचिवमा गणेश थापा र डम्मर बहादुर श्रीस विजयी भएका छन् । निर्वाचनमा थापाले २९९ र श्रीसले २२८ मत प्राप्त गरे । दुई उपसचिवमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

जसमा प्रेम लामिछानेले १०७, नेत्र विष्ट ११३, चित्राकला श्रीसले १५९ र राम बहादुर जिसीले १६४ मत प्राप्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ