arrow

कम्युनिष्टले आफ्नो भलो गरे कांग्रेसलाई जिताउनुस् गाउँको मुहार फेरिन्छ – अजयबाबु शिवाकोटी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
ajaya babu shiwakoti.jpg

दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कम्युनिष्टलाई भोट दिएर जनतालाई धोकामात्र दिएको भन्दै अब कांग्रेसलाई जिताएर गाउँको मुहार फेर्न आग्रह गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो जन्मभूमि दोलखाको भिमेश्वर नगरपालिका १ सुस्पा क्षमावती पुगेका शिवाकोटीलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले विगत तीन दशकदेखि कम्युनिष्टलाई जनताले मत दिए पनि आफ्नोमात्र भलो गर्न खोज्दा जनताको जीवनस्तरमा सुधार नआएको भन्दै अब कांग्रेसलाई भरोसा गरेर जिताउन आग्रह गरेका हुन् । 

अहिलेसम्म कम्युनिष्टले जित्दै आएको यो ठाउँमा विकासको मुहार नफेरिएको यथार्थ सुनाउँदै उनले अब जनता र ठाउँको मुहार फेर्ने बेला आएको भन्दै एकपटक कांग्रेसलाई विश्वास गरेर जिताउन पनि उनले मतदातालाई अपील गरेका छन् । उनले कांग्रेसलाई विश्वास गर्न अन्य दलका नेता तथा कार्यकर्तालाई पनि आग्रह गरेका छन् । उनले भने, ‘कम्युनिष्टले आफ्नो भलो गरे कांग्रेसलाई जिताउनुस् गाउँको मुहार फेरिन्छ ।’

नेता शिवाकोटीले वडादेखि नै आफूलाई जिताएर केन्द्रसम्म पठाउने नेता कार्यकर्तालाई धन्यवाद दिँदै आफ्नो लक्ष्य नै कम्युनिष्टको गढ ढलाएर कांग्रेसको किलो गाढेर यो क्षेत्रमा विकास गर्ने बताए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुलाई बोलाइएकामा उनीहरुले पनि नेता शिवाकोटीलाई बधाई तथा शुभकामना दिएका थिए । उनीसँग उनीहरुले विकासका लागि अपेक्षासमेत राखेको बताए । 

स्थानीय स्तरदेखि प्रदेश हुँदै संघसम्म कांग्रेसलाई जिताएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनका लागि कम्युनिष्टको गढ मानिएको उक्त क्षेत्रमा कांग्रेसलाई जिताउन उत्साह थपेको पनि पाइएको छ । 

कार्यक्रममा कांग्रेसका जिल्ला स्तरका ईश्वरनारायण मानन्धर, पार्टी सचिवहरु दाबा शेर्पा, रञ्जित पाठक, जिल्ला कार्यसमिति सदस्य राकेश श्रेष्ठ, कर्ण थामी, पूर्व वडा सभापति कृष्णप्रसाद शिवाकोटी लगायतले नवनिर्वाचित केन्द्रीय सदस्य शिवाकोटीलाई शुभकामना दिने क्रममा उक्त क्षेत्रको विकासमा शिवाकोटीबाटै ठूलो योगदान हुने विश्वास व्यक्त गरे । 

उत्साहजनक सहभागीता रहेको उक्त कार्यक्रममा नेता शिवाकोटीले एमालेसहित अन्य दल त्यागेर कांग्रेसमा आएका करिब दुई दर्जनलाई पार्टी सदस्यता वितरण गरे । कार्यक्रममा नेपाली कांग्रेसका करिब ५० ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ