arrow

महामारीका बेला देश दौडाहामा ओली, पुगे सङ्खुवासभा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
oli-sankhuwashaba.PNG

काठमाडौं । नेपालमा कोरोना भाइस सङ्क्रमण बढ्दो क्रममा छ । सोही क्रमलाई मध्यनजर गर्दै सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने र भीडभाड कम गर्न निर्देशन दिइसकेको छ । 

यता एमाले अध्यक्ष केपी शर्मा ओली भने देश दौडाहामा छन् । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको क्रममा उनी देशभर यात्रामा छन् । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकोमा हालसम्म ३८ जिल्लामा नयाँ कमिटी चयन भएको भए पनि अन्य जिल्लाको अधिवेशन चलिरहेको एमाले सचिवालयले जनाएको छ । 

सोही क्रममा सोमवार अध्यक्ष ओली सङ्खुवासभा पुगेका छन् । पूर्वप्रधानमन्त्री ओली हेलिकप्टरबाट सङ्खुवासभाको सदरमुकाम खाँदबारी पुगेका हुन् । 

उनका साथमा एमालेका उपाध्यक्ष विष्णु पौडेललगायत नेताहरू छन् । खाँदबारी नगरपालिका–१ स्थित टुँडिखेलमा उद्घाटन हुने अधिवेशनको बन्द सत्र खाँदबारी–३ कृषि बजारमा हुनेछ । उद्घाटनका अवसरमा दुई वडाध्यक्षसहित विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्ने कार्यक्रम छ ।

सीसीएमसीसीले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरिसकेको छ । तर केही राजनीतिक दलहरूले सीसीएमसीसीको निर्णयलाई नमानी कार्यक्रमलाई निरन्तरता दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ