- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुंगा । नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढुगेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।
पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओली गुटका हुन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए ।
उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित भए । उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याए ।सचिवमा कमल न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए । उप सचिवमा मणिराज राई र अशोक थापाले बाजी मारे । राईले ३५४ र थापाले ३३७ मत पाए ।
अन्य सदस्यहरु यस अघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।
अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वािचत भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी भएका छन् । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदािधकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ ।