arrow

काठमाडौंमा विश्व हिन्दी दिवस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
hindi-diwas-2022.jpeg

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार विश्व हिन्दी दिवसको आयोजना गरेको छ । र्याडिसन होटलमा भएको कार्यक्रममा सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो पटक विश्व हिन्दी सम्मेलन आयोजना भएपछि हरेक वर्ष यसै दिन यो दिवस बनाउन लागिएको जानकारी दिइयो । 

कार्यक्रमको अध्यक्षता प्रेस, सूचना एवं संस्कृति प्रभागका प्रमुख एवं प्रथम सचिव नवीन कुमारले गरेका थिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सन्देश सबैमाझ साझा गरेका थिए । कार्यक्रममा  भारतकी विदेश राज्य मन्त्री मीनाक्षी लेखीको शुभकामना सन्देश देखाइएको थियो । 

कार्यक्रममा नेपालका वरिष्ठ हिन्दी साहित्यकार रामदयाल राकेश, नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषदकी सदस्य प्राडा ऊषा ठाकुर सहभागी थिए । 

कार्यक्रममा विशेष रुपले हाँस्य कवि सम्मेलनको आयोजना गरिएको थियो । भारतबाट आमन्त्रित तीन प्रख्यात एवं प्रतिष्ठित कविहरु सुदीप भोला, विनीत पांडे र अभिषेक त्रिपाठीले कविता पाठ गरेका थिए ।  

त्यस्तै काठमाडौंका १२ विद्यालयका विद्यार्थीले हिन्दी कविता पाठ गरेका थिए । उनीहरुलाई पुरस्कृत पनि गरिएको थियो । हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ की सम्पादक वीणा सिन्हाको लघुकथा संकलन ‘सुनसान गलियां’, ‘द पब्लिक’ पत्रिका तथा साहित्यकार करुणाको काव्य संग्रहको विमोचन गरिएको थियो । 

हिंदी पत्रिका ‘हिमालिनी’ को नवीनतम अंक वितरण गरिएको थियो । स्वामी विवेकानंद सांस्कृतिक केंद्र, काठमाडौंका संगीतका विद्यार्थीले सुमधुर समूह–गानसमेत प्रस्तुत गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ