arrow

एमाले दार्चुलाको अध्यक्षमा धामी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
darchula-premsing-dhami.PNG

दार्चुला । नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेम सिंह धामी निर्वाचित भएका छन् । ५ सय ८८ मत ल्याउँदै धामी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी ज्ञानेन्द्र घर्तीले ९२ मत ल्याएका छन् ।

उपाध्यक्षमा चरन सिंह बुढाथोकी यस अघि निर्वाचित भइसकेका छन् । सचिवमा शेर सिंह धामी विजयी भएका छन् । उनले ४ सय २२ मत ल्याए । यसै गरी उपसचिवमा खडक सिंह बडाल (३८४) र चन्द्रा देबि कुवर २ सय ७३ मत ल्याउँदै निर्वाचित भएका छन् । 

सर्वसम्मत नेतृत्व चयनको लागि केन्द्रीय नेताहरूले जोड बल समेत गरेका थिए । तर‚सहमतिमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ