- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
उदयपुर । नेकपा एमाले उदयपुरले परमेश्वर घिमिरेको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिबमा कालु लामा, उपसचिबमा टेक बहादुर राउत र भरत थापा चयन भएका छन् ।
एमाले केन्द्रीय सदस्य तथा पूर्वसहरी बिकास राज्यमन्त्री मञ्जु चौधरीले सोमबार अबेर नयाँ सर्वसम्मत रुपमा नयाँ कमिटी घोषणा गरेकी हुन् ।
गुट नभएको भनिए पनि स्थानीय स्तरबाटै नेताहरुले आफ्ना उम्मेदवार च्यापेपछि अध्यक्षमा तीन जना आकांक्षी थिए । त्यस्तै सचिबमा दुई, उपाध्यक्षमा दुई र उपसचिवमा तीन आकांक्षी चुनाबी मैदानमा थिए ।
२३ पुसमा उद्घाटन गरि शुरु भएको अधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्व चयन गर्न नसक्दा अधिवेशन चार दिन लम्बिएको थियो । अधिवेशनका लागि बनाइएको अध्यक्ष मण्डलमै मत बिभाजनका कारण अधिवेशन लम्बिएको एक प्रतिनिधिले बताए ।
सर्वसम्मत रुपमा चयन भएका अध्यक्ष घिमिरे पार्टीलाई संकट पर्दा उदयपुरको नेतृत्व लिएका एक स्वाभिमानी युवाका रुपमा चिनिन्छन । उपाध्यक्ष श्रेष्ठ कटारी नगरपालिकाका नगरप्रमुख हुन । सचिबमा सर्बसम्मत भएका लामा युवा व्यवसायीमाझ लोकप्रिय छन् । उपसचिव राउत प्राध्यापन पेसाबाट अबकास लिएका हुन भने थापा सामाजिक संघ संस्थामा परिचित छन् ।
दुई आकांक्षी खड्ग परियार जिल्ला समन्वय समितिका अध्यक्ष र अर्का आकांक्षी कालु लामा सचिबमा व्यवस्थापन गरिएको हो । सचिबका अर्का उम्मेदवार शम्भु पौडेल र कुशलबाबु बस्नेत मध्ये पौडेलले सहमतिमा हस्ताक्षर गरेका छन् । अर्का आकांक्षी बस्नेतले भने असन्तुष्टी जनाउँदै लोकतन्त्रको सुन्दर पक्ष निर्बाचन भएकाले आफुले अभिमत लिने अवसरबाट बन्चित भएकाले न्यायको ढोका ढकढक्याउन जाने बताएका छन् ।
उपसचिबका उम्मेदवार सृजना दनुवार र महेश्वरी राइले महिलाहरुको प्रतिनिधित्व नभएकोमा चिन्ता प्रकट गरेका छन् । एक जना महिलालार्इ पनि पदाधिकारी नबनाइएकोमा प्रतिधिहरुले आक्रोश ब्यक्त गरेका छन् ।