arrow

नवलपुरमा आतंक मच्चाएको नरभक्षी बाघको खोजी थालियो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २८ बुधबार
tiger2019-05-29.jpeg
फाईल तस्बिर

नवलपुर । विगत डेढ महिनादेखि नवलपुरको विनयी त्रिवेणी र मध्यविन्दु आसपास देखिएको नरभक्षी बाघ खोज्नका चितवन राष्ट्रिय निकुञ्जको टोली खटिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट आएका ३ वटा हात्तीसहित ९ जनाको टोलीले बाघको खोजी सुरु गरेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्लेले बताए ।

काफ्लेका अनुसार बाघ खोजेर नियन्त्रणमा लिनका लागि आएको टोलीले पहिलो दिन विनयी सामुदायिक वनमा बेस बनाएर काम सुरु गरेको हो । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले निकुञ्जबाट खटिएको टोलीले बाघ नियन्त्रणमा लिने गरी काम सुरु गरेको बताए ।

‘टोली फिल्डमा खटिएको र जंगलमा बाघको पछिल्लो (नयाँ) पाइला देख्नासाथ प्राविधिक टोलीलाई खबर गर्ने र नियन्त्रणको लागि आवश्यक प्रयास गरिने छ’, घिमिरेले भने ।

नवलपुर र बाँके दुवै ठाउँमा बाघको आक्रमणले आतंक मच्चाएको हुँदा निकुञ्जको बाघ नियन्त्रण गर्ने टोलीलाई कार्य विभाजन गरेर दुवै तिर पठाईएको घिमिरेले बताए ।

विगत डेढ महिना देखि जिल्लाको  विनयी त्रिवेणी र मध्यविन्दुमा बाघको आक्रमण परेर २ जनाको ज्यान गएको र एकजना गम्भीर घाइते भएपछि बाघलाई तत्काल नियन्त्रणमा लिन स्थानीयले डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जलाई दबाब दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ