arrow

प्रेस चौतारी नवलपुरको अध्यक्षमा कोइराला

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २९ बिहिबार
1642042750118.jpg

नवलपुर । प्रेस चौतारी नवलपुरको अध्यक्षमा शालिकराम कोइराला सर्वसम्मत चयन भएका छन् । बुधबार कावासोतीमा सम्पन्न प्रेस चौतारी नवलपुरको छैटौं अधिवेशनले कोइरालालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । यसै उपाध्यक्षमा  दयाराम आचार्य, महिला उपाध्यक्षमा ज्ञानु भुसाल , सचीवमा  तिर्थराज डुम्रे, सहसचिवमा भिम भुसाल र गोविन्द नेपाली  , कोषाध्यक्षमा भविष्वर पाण्डे  चयन भएका हुन् । 

त्यसै गरि सदस्यहरुमा गंगा विश्वकर्मा, हिमा अर्याल ,तुलसीदेवि खनाल, रोशनी बानिया, सुरक्षा कंडेल, नारायणप्रसाद सापकोटा, ढुण्डिराज केसी , राजु चापागाईं, प्रियधन पाण्डे, खेमनारायण महतो, सविन श्रेष्ठ , मदन अर्याल , विष्णु चापागाईं, होमनाथ पौडेल, लक्ष्मण कंडेल, दिपक शर्मा र प्रकाश गिरी चयन भएको जनाईएको छ  ।

अधिवेशनको बुधबार एमाले पोलिटब्युरो सदस्य एवं पुर्व सन्चार  मन्त्री गोकुल बास्कोटाले उदघाटन गरेका हुन् । 

अधिवेशनको उदघाटन सत्रमा अधिवेशनको उदघाटन सत्रमा कृष्णराज गिरी विकास पत्रकारिता पुरस्कारबाट सालिकराम कोइराला र प्रेस चौतारी सृजनशिलता पुरस्कारबाट ईतराज गुरुङलाई पुरस्कृत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ